संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै

Jhalkonepal

काठमाडौं ,साउन ३१

संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो ।संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया