काठमाडौ , जेठ १
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिश समितिको सिफारिशबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा.टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहनुभएको छ ।
१ जेठ २०८२, बिहिबार ०७:३१ मा प्रकाशित