राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच आज भेटवार्ता हुँदै

Jhalkonepal

काठमाडौं, कार्तिक २७

राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच आज  भेटवार्ता हुँदैछ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन आउनुभएका दुई देशका राष्ट्राध्यक्ष बीच भेटवार्ता हुन लागेको हो ।
    
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र नेपाल र माल्दिभ्सका राष्ट्रपतिबीच हुने भेटवार्तामा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया