५ दिने भ्रमणमा निस्किए मोदी, कुन कुन देशमा जाँदैछन ?

Jhalkonepal

काठमाडौँ, मंशिर २

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नाइजेरिया, ब्राजिल र गुयानाको पाँच दिने भ्रमणमा निस्कनुभएको छ ।

मोदी शनिबार राति नाइजेरियाको राजधानी अबुजा पुगेका छन् ।नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनाबुले अबुजा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरे।

नाइजेरियाको भ्रमण सकेर प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिल प्रस्थान गर्ने छन् । त्यहाँ उनले जी-२० सम्मेलनमा भाग लिनेछन्।

पीआईबीको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा गुयाना जानेछन्। विगत ५० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीको गुयानाको यो पहिलो भ्रमण पनि हो ।

प्रतिक्रिया