तेस्रो बरियता सहित नेकपा एसमा मिसिए बामदेब

Jhalkonepal

काठमाण्डौ, सावन २


नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम तेस्रो बरियताको बरिष्ठ उपाध्यक्ष पद लिएर नेकपा समाजवादीमा समाहित भएका छन । राष्ट्यि सभा गृहमा आज आयोजित एक कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाललाई अंगालो मार्दै उनले पार्टि एकिकरण गरेका हुन । एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन महत्वपूर्ण भूमिका खेलका बामदेव नेकपा विगठन पछि भने नेकपा एकता राष्ट्रिय अभियान भनेर छुट्टै अभियानमा थिए । 

केही समय अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेमा जिम्मेवारी दिन लागेको भनेर आफै सार्वजनिक गरेका बामदेवलाई एमालेले कुनै पनि भूमिका नदिए पछि उनी नेकपा एसमा समाहित भएका हुन । बामदेव अहिले राष्टिय सभामा सदस्य छन । तत्कालिन नेकपाको सिफारिसमा राष्ट्रपतिले मनोनित गने पदमा उनलाई राष्ट्रिय सभामा पठाइएको थियो । 

प्रतिक्रिया