काठमाडौँ ,कार्तिक २२
आज बिहीबार छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ
दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुले
अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई
रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । कार्तिक शुक्ल सप्तमीका
अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि चार दिन लामो छठको व्रत विधि
समापन हुन्छ ।
२१ कार्तिक २०८१, बिहिबार ०६:३४ मा प्रकाशित