काठमाडौं, भदौ ३०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका
केही ठाउँमा हुरी चल्ने सम्भावना छ ।
यस्तै
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो
पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
२९ भदौ २०८१, आईतबार ०८:०५ मा प्रकाशित