काठमाडौं,
साउन २०
काभा महिला नेसन्स भलिबल लिगमा
नेपाल इरानसँग पराजित भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा इरानसँग नेपाल ३–२ को
सेटले पराजित भएको हो ।
अन्तिम
तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो । पहिलो सेट २५–१६ ले गुमाएको नेपालले
दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्म बनेको तेस्रो सेट
नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५-१५ ले जितेको थियो ।
यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को
सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको
थियो ।
अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध
खेल्ने तालिका रहेको छ । नेपाल सहित भारत,
श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका
खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।
१९ साउन २०८१, आईतबार ०७:४६ मा प्रकाशित