ढोग दिया शब्दको गलत प्रयोग भयो

Jhalkonepal

काठमाण्डौ, पौष २०

सामाजिक संजालमा पछिल्लो समय निकै ट्रोल भैरहेको शब्द ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले विज्ञप्ती निकालेर काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई अपहेलित गर्नेरगराउने कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।

प्रतिष्ठानले संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि कारबाहीको माग पनि गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शीवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘ढोग दिया’ शब्दले चर्चा पाएको थियो । 



प्रतिक्रिया