कुन कुन स्थानमा भारी वर्षाको सम्भावना

Jhalkonepal

 काठमाडौ ,सावन ४

मनसुन पूर्वी नेपालबाट सक्रिय भएको छ। 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ।

मौसमविद् विनोद पोखरेलले केही समय निष्क्रियजस्तो रहेको मनसुन पूर्वी नेपालबाट सक्रिय भएको बताएका छन्।

आइतबार बिहानसम्म चुरे र पहाडी छेत्रमा अति भारी र्षा हुने सम्भावना रहेको छ। 

आइतबार बिहान र दिउँसो काठमाडौंलगायत बागमती र गण्डकीमा भारी वर्षा हुने र आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

प्रतिक्रिया