काठमाडौ ,असार २१
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा पुल भाँचिएपछि सडक अबरुद्ध हुदा यातायात पूर्ण रूपमा ठप्प छ्न ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो।
उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ।
स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो
२० असार २०८२, शनिवार ११:१७ मा प्रकाशित