काठमाडौँ , असोज २६
काभा पुरुष अण्डर २० भलिवल च्याम्पियनसीपको उपाधिका
लागि नेपाल आज उज्वेकिस्तानसँग भिड्दैछ ।
तुर्कमेनिस्तानलाई सोझो सेटमा
पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।
तुर्कमेनिस्तानलाई पहिलो सेट
२५–१४ ले जितेको नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले जित्दै फाइनलमा
स्थान बनाएको हो।
पाँच खेल खेलेको नेपाल १० अंक
सहित लिगको दोस्रो स्थानमा छ। उज्वेकिस्तान लिगको विजेता हुँदै पहिलो स्थानमा छ।
नेपाली खेलाडी दसैंमा मुलुकलाई खुसीयाली दिने लक्ष्यसहित मैदान उत्रनेछ ।
श्रीलंकामा जारी खेल आज दिउँसो
सवा तीन बजे हुनेछ ।
२५ असोज २०८१, शनिवार ०७:५० मा प्रकाशित