शुक्रबार नेपाल प्रहरीको अनलाइन सुविधामा अवरुद्ध हुने

Jhalkonepal

काठमाडौं,फागुन १५

शुक्रबार नेपाल प्रहरीको अनलाइन सुविधामा अवरुद्ध हुने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण समस्या आउन सक्ने बताइएको छ । सो अवधिमा नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र र नेपाल प्रहरीको एपमा अवरोध हुनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया