मन्त्री पाण्डे: सरकारले सवै हवाई दुर्घटनाबारे उच्च स्तरीय छानबिन समिति बनाउने

Jhalkonepal

काठमाण्डाै, भदाै २३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्यतिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाइ सुरक्षा विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री पाण्डेले छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न नयाँ समिति बनाउने बताएका हुन्।

हवाइ दुर्घटनाबारे विगतमा थुप्रै अलग अलग अध्ययन र अनुसन्धान भएका छन्। तिनीहरूलाई एकीकृत गरेर एक ठाउँमा राख्नुपर्नेछ’, उनले भने, ‘नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनेछौँ। त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’

नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने उनले बताए ।

साथै दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नुपर्ने बताए । उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य, तथ्यनजिक पुगेको बताए।

प्रतिक्रिया