काठमाडौँ, मंसिर १६
आज आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भयको निर्वाचन आयोगले जनाएको छ । मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको पनि आयोगले जानकारी दिएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।
१५ मङ्सिर २०८१, आईतबार ०७:०५ मा प्रकाशित