काठमाडौँ, माघ ९
आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअन्तर्गत बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै
छ । बैठकमा जलस्रोत विधेयक, २०८१
माथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत
समितिको बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति
न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको
बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने अर्को सार्वजनिक लेखा समितिको बैठकमा
सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।
८ माघ २०८१, बुधबार ०८:४७ मा प्रकाशित