काठमाडौ , जेठ ९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइका दुवै तर्फको वकिलहरूले बहस सकाएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बहस सकिएका कारण आदेश आजै आउन सक्ने सम्भावना रहन्छ।
९ जेठ २०८२, शुक्रबार ०३:११ मा प्रकाशित