गठ्ठाघर घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न आईजीपीलाई निर्देशन :गृहमन्त्री

Jhalkonepal

काठमाडौँ,साउन ३२

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटनाको कारण गम्भीरतापूर्वक खोज्न आईजीपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

दुर्घटनाबारे दुःख व्यक्त गर्दै उहाँ भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’ 

बिहीवार दिउँसो गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कूटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

क चालक घटनास्थलबाट फरार भए पनि बिहीवार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया