कोशी,
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक
बदली रही बाँकी भागमा मौसम सफा रहने
काठमाडौं, माघ ३०
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको
आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी
भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका मध्य र
पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी
प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका
पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका
उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका
पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च
पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च
पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।