प्रधानमन्त्रीले भेटे पत्रकार सुरेश रजकका परिवारलाई

Jhalkonepal

काठमाडौं, चैत १८

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताए ।

प्रतिक्रिया