काठमाडौं, साउन २५
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको
छ । उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका
थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम
वर्षा भइरहेको छ ।
जल तथा
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली
रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका
केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का
देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै, आज राती देशभर आँशिक देखि
साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी
प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको
सम्भावना रहेको छ। कोशी, बागमती र
गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना रहेको महाशाखाले जनाएको छ ।