थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम

Jhalkonepal

एजेन्सी । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ।

युद्धरत देशहरु शान्ति कायम गर्न सहमत भएको भनेर एकपटक फेरी अमेरिकी राष्ट्रपति ट्रम्प अगाडी आएका छन ।  ट्रम्पले फेरी युद्ध रोक्न आफु अग्रसर भएको सार्वजनिक गरेका छन । यसपटक पनि उनले युद्धरत दुबैपक्षलाई व्यापार बन्द गर्ने चेतावनी दिएको बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै दुई देश युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए।

उनीहरूले चाँडै वार्ता टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन् ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए।

ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाइसँग कुराकानी पनि गरेको बताएका थिए।

कुराकानीकै क्रममा दुई देशका प्रमुखहरुलाई तनाव जारी राखे दुवै देशसँग व्यापार सम्झौता नगर्ने चेतावनी दिएको पनि बताएका छन्।

कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एक अर्कको सैन्य संरचनामा हवाई आक्रमण गरेको थियो।

चार दिनमा दुई देशमा कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ।


प्रतिक्रिया