सर्बोच्चले पूर्वसभामुख अग्नि सापकोटाविरूद्धको मुद्दा २० बर्ष पछि ब्युतायो

Jhalkonepal


काठमाडौ , जेठ २१

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा अनुसन्धान हुने बाटो खोलिदिएको छ ।

योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए। 

प्रतिक्रिया