काठमाडौं, भदाै २८
देशभर मनसुनी वायुको प्रभाव संगै भारतको
मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको जल
तथा मौसम विज्ञान विभाग,
मौसम पूर्वानुमान
महाशाखाले जनाएको छ।
हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया
देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही
स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी
पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का
देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई
स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि
सम्भावना रहेको छ।
आज राती सुदूरपश्चिम
प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया
बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती,
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ
गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र
कर्णाली प्रदेशका एक/दुई स्थानमा हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको पनि
सम्भावना रहेको छ।