काठमाडाैं, बैशाख ११
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने हुनु भएकाे छ ।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई सामान्यतया प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्छन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।
यही अधिवेशनबाट बजेट मात्रै नभई विद्यालय शिक्षा विधेयक टुंग्याउने पनि सरकारको उद्धेश्य छ।
१० बैशाख २०८२, बिहिबार ०४:५२ मा प्रकाशित