जम्मू–कश्मीर घटनामा परि ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव आज घर ल्याइयो

Jhalkonepal

काठमाडौ , बैशाख ११

भारतकाे जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका रुपन्देहीको बुटवलका सुदीप न्यौपानेको शव आज घर ल्याइएको छ । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

सुदीपको शव ल्याएसँगै बुटवल उपमहानगर–११ कालिकानगर मनकामना पथमा शोकाकुल आफन्त र स्थानीयवासीको भीड लागेको छ ।

भारतीय पक्षले सुरक्षाकर्मीको रोहबरमा सुदीपका आफन्तलाई शव हस्तान्त्ररण गरेको हो । २७ वर्षीय सुदीप आमा, बहिनी र ज्वाइँलाई सँगै लिएर जम्मू–कश्मीर घुम्न गएका बेला घटना भएको हो

प्रतिक्रिया