मेयर साहले आन्दोलनरत शिक्षकलाई दिए धन्यवाद

Jhalkonepal

काठमाडौँ, चैत २०

 काठमाडौँ महानगरका मेयर बालेन साहले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकलाई धन्यवाद दिएका छन्।

आन्दोलनका क्रममा शिक्षकहरूले फोहर नगरेको र केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।


उनले आफूहरूले जरिवाना नखोजेको चेतना खोजेको उल्लेख गर्दै यो शिक्षा विद्यार्थीहरूलाई पनि दिन आग्रह गरेका छन्।


उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्:

प्रीय शिक्षकहरू,

तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।

हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।

कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।

प्रतिक्रिया