काठमाण्डाै,फागुन २०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले
बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली
रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । हाल सुदूरपश्चिम प्रदेशको एक–दुई
स्थानमा हल्का वर्षा भइरहेको छ।
मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी
प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी
भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको थोरै
स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम
प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
राति
कोशी, गण्डकी र
कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा
रहनेछ। कोशी प्रदेश, गण्डकी
प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का
हिमपातको सम्भावना रहेको छ।