लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित

Jhalkonepal

काठमाडौ ,जेठ ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित भएको छ।

मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिट 'हेर्दाहेर्दै'मा राखिएको थियो। यही इजलासले बुधबार पनि सुनुवाइ गर्ने तय थियो।

तर बुधबार संवैधानिक इजलासमा बस्ने एक जना वरिष्ठ न्यायाधीश उपस्थित नभएकाले उनको सुनुवाइ प्रभावित भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार संवैधानिक इजलासमा बस्न न्यायाधीस मनोजकुमार शर्मा उपस्थित छैनन्।

उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी बस्नुपर्ने भएकाले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रभावित भएको प्रवक्ता कुईकेलले बताए। 

प्रतिक्रिया