सहकारी प्रकरण : नसकिएको थुनछेक बहस आज हुने

Jhalkonepal

काठमाडौं, माघ २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिक्रिया