सोलुखुम्बु सदरमुकाम भित्रिने एक मात्र नाका साल्मेमा पहिरो , खुलाउने प्रयास जारी

Jhalkonepal

सोलुखुम्बु, भदाै १८

अविरल वर्षाका कारण सोलुखुम्बु सदरमुकाम भित्रिने एक मात्र नाका साल्मेमा पहिरो गएर वाटाे अवरुद्व भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ साल्मे क्षेत्रमा मंगलबार दिउँसो पहिरो जादा सडक अवरुद्व भएको हो ।

सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पटक पटक यस सडकमा पहिराे गइ अवरुद्व भइरहनेभएकाले यातायात अवतजावतमा र मानिसहरूलाइ सदरमुकाम जान अाउन पनि कठिनाइ भइरहेकाे स्थानियहरूकाे गुनासाे रहेकाे छ ।

अवरुद्व सडक स्काइभेटरको पयोग गरेर खुलाउने प्रयास भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

प्रतिक्रिया