काठमाडौं ,वैशाख ११
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुग्पुनुभएकाे छ । उहाँ आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुनुभएकाे हाे। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउनुभएकाे हाे । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आउनुभएकाे हाे ।
उहाँले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उहाँका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरीनेछ ।
१० बैशाख २०८१, मङ्गलबार ०४:५३ मा प्रकाशित