दोस्रो दिन पनि बढ्यो नेप्से

Jhalkonepal

काठमाण्डौ, पौष ९

नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ४३ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोडको सेयर कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१२ वटा धितोपत्रको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया