बुटबल, बैशाख १९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।
शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।
यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ ।
१८ बैशाख २०८२, शुक्रबार १०:४४ मा प्रकाशित