मन्त्रिपरिषदको बैठक बस्दै

Jhalkonepal

काठमाडौं,कार्तिक १३

आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एक जना मन्त्रीले जानकारी दिए ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया