यात्रुवाहक बसमा आगलागी

Jhalkonepal

काठमाडाैँ ,कार्तिक ३
ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शनिबार अपराह्न ४:४५ बजे ललितपुर महानगरपालिका–१५ सातदोबाटो चाेकनजिक  राेकिरहेकाे बसमा आगलागी भएकाे हाे।
प्रारम्भिक अनुसन्धान अनुसार बसकाे अचानक तार सर्ट भई आगाे लागेकाे प्रहरीले बताए। 
बसमा आगलागी हुँदा मानवीय क्षति भने भएकाे छैन तर बस पूर्णरुपमा जलेकाे छ।

 

प्रतिक्रिया