शिक्षकहरूले आज देखि पुनः काठमाडौँमा आन्दोलन गर्ने

Jhalkonepal

काठमाडौं, चैत २० 

देशभरका शिक्षकहरूले आज (बुधबार) देखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरे संगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौँ आउने क्रम जारी छ ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए ।

प्रतिक्रिया