घट्यो वायु प्रदूषण

Jhalkonepal

काठमाडौं, बैशाख २५ । देशका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका प्रमुख शहरको वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ ।

वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । 

वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुनेछ । मौसमविद्ले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको जानकारी दिएका छन् । आगामी तीन दिनसम्मको राम्रो वर्षाको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोसी प्रदेश तथा काठमाडौं आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । 


प्रतिक्रिया