काठमाडौ , फागुन २०
अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् ।
तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताउनुभएको छ ।
१९ फाल्गुण २०८१, मङ्गलबार ११:११ मा प्रकाशित