काठमाडौँ, साउन २९
आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका
केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि
मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई
स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका
केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि
मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी
वर्षाको पनि सम्भावना रहेको छ।
२८ साउन २०८१, मङ्गलबार ०६:२९ मा प्रकाशित