काठमाडौँ, चैत १९
प्रधानमन्त्री केपी शर्मा
ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली
थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको
खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली
थाइल्याण्ड जाने छन्।
ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर
सम्मेलनमा भाग लिने कार्यक्रम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन
गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार
स्वदेश फर्किने कार्यक्रम रहेको छ।
१७ चैत २०८१, मङ्गलबार ०६:४७ मा प्रकाशित