काठमाडौं ,असोज ४
नेपाली कांग्रेसले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको हो ।
मनोनित हुनेमा गुल्मीका डा चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहुभएको छ ।
देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् ।
३ असोज २०८०, बिहिबार ०३:२९ मा प्रकाशित