भारतमा लोकसभा निर्वाचन आज देखि : ७ चरणमा मतदान हुने

Jhalkonepal


काठमाण्डौं, बैशाख ७ 


भारतमा आज देखि लोकसभाको निर्वाचन शुरु हुदैछ । ७ चरणमा मतदान हुने तालिका अनुसार आज पहिलो चरणको मतदान हुने भारतको निर्वाचन आयोगले जनाएको छ । 

आज पहिलो चरणमा १०२ सिटको लागि मतदान हुनेछ । आज मतदान हुने राज्यहरुमा उत्तराखण्ड, अरुणाञ्चल प्रदेश, असम, विहार, छतिसगढ, मध्यप्रदेश, महाराष्ट्र् मणिपुर मेघालय, मिजोरम, नागालैण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश,  पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु कस्मिर, लक्ष्यदिप र पोन्डेचरी रहेका छन । यी राज्यहरु ठुला राज्यहरुमा अन्य चरणमा पनि मतदान हुनेछ । 

आज मतदान हुने निर्वाचन क्षेत्रमा बर्तमान मोदी सरकारको मन्त्रीमण्डलका ७ जना मन्त्रीहरु र एक जना पुर्व राज्यपाल चुनावी मैदानमा छन । आज प्रतिस्पर्धामा रहने मोदीका मन्त्रीमा सडक तथा पारवाहन मन्त्री नितिन गडकरी, उद्योग मन्त्री किरण रिजिजु, जलमार्ग मन्त्री सर्वानन्द सोनेवाल, मत्स्य पशु राज्यमन्त्री संजिव बालियान, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री  जितेन्द्र सिंह, पर्यावरण तथा जलवायू मन्त्री भुपेन्द्र यादव, कानुनमन्त्री अर्जुन राम मेघवाल, 

सात चरणमा हुने मतदानमा आज १९ अप्रिल पछि २६ अप्रिल, ७,१३, २० र २५ मे अनि १ जुनमा मतदान हुनेछ ।  


प्रतिक्रिया