आज बुद्ध जयन्ती

Jhalkonepal

काठमाडौं, वैशाख २९

आज २५६९ औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइदै छ। शान्तिका अग्रदूत तथागत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिनका रूपमा बुद्ध जयन्तीलाई विशेष रूपमा मनाइने गरिन्छ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष धार्मिक कार्यक्रम, पूजा, ध्यान तथा दीप प्रज्वलन गरिन्छ ।यस्तै काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ, र विभिन्न गुम्बाहरूमा समेत श्रद्धालुहरूको पुग्ने गर्छन । 

बुद्धको उपदेश– अहिंसा, सहिष्णुता र शान्तिको सन्देश फैलाउने उद्देश्यले विभिन्न विद्यालय, संघसंस्था र स्थानीय निकायले ¥याली, चित्रकला प्रदर्शनी र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका छन्।


प्रधानमन्त्रीले आज एक सन्देशमार्फत बुद्धको शिक्षाले समाजमा सहिष्णुता र आपसी समझदारी बढाउने विश्वास व्यक्त गर्दै सबैलाई बुद्धका आदर्शहरू अनुसरण गर्न आह्वान गरेका छन्।


बुद्ध जयन्तीको अवसरमा  नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया