काठमाडौं, कार्तिक १७
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक
अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी
सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार
खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई
पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा
गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र
गौतमले जानकारी दिइ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले
गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर
सङ्कल्प पढिन्छ ।
गाईलाई सम्मानका साथ राष्ट्रिय
जनावरका रुपमा राखिएको छ ।