काठमाडौ , साउन ११
आज बिहान मधेस, बागमति र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
१० साउन २०८२, शनिवार ०७:०१ मा प्रकाशित