काठमाडाैं , असाेज १४
गएको शुक्रवारयताका चार दिनमा प्राकृतिक विपदमा परेर दुई सय जनाको ज्यान गएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार गएको शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर दुई सय जनाको ज्यान गएको छ । अझै २६ जना हराइरहेका छन् । एक सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न ठाउँमा जोखिममा परेका र अलपत्र परेका चार हजार दुई सय जना २२ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म १३ सय २७ वटा घर बगेका छन् ।
१३ असोज २०८१, सोमबार ०६:५८ मा प्रकाशित