काठमाडौं, साउन ३१
सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाकोमृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटनामा परेको हो । सो दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
३० साउन २०८१, बिहिबार ०२:०५ मा प्रकाशित