दक्षिण कोरियाली विपक्षी नेता राजनीतिबाट निलम्बित

Jhalkonepal

काठमाडौं,कात्तिक ३०

 दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उनलाई रोक्न सक्छ ।

सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई  उदृत गर्दै एएफपीले जनाएको छ ।  यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ । 

प्रतिक्रिया