काठमाण्डौं, बैशाख २५
गृहमन्त्री रमेश लेखकले रेशम चौधरी पक्राउ परेको घटना बारे संसद्मा जानकारी गराएका छन् । बिहीबार संसद् बोल्दै प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेकको कुनै पूर्वाग्रह नराखेको उनले बताए ।
‘यस अघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भनेका छन् ।
लेखकका अनुसार, सो दिन अदालतको पत्र बोकेर सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासमक्ष पुगेका थिए ।
आईजीपी थापालाई परिचय पत्र देखाएपछि सोही अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले कानुन कार्यान्वयनको काम मात्रै गरेको उनको भनाइ थियो ।
२४ बैशाख २०८२, बिहिबार ०५:२९ मा प्रकाशित